२१ कार्तिक २०८३, शनिबार

पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ : उपप्रधानमन्त्री पौडेल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पत्रकारले राष्ट्र निर्माणको लागि योगदान गर्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै उपप्रधानमन्त्री पौडेलले सरकारले गरेका सकारात्मक कामको प्रचार सुधार गर्नुपर्ने क्षेत्रमा सुझाव दिन आग्रह गरे । मन्त्रालयमा आयोजित कार्यक्रममा पौडेलले पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश प्रवाह गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिनसक्ने बताए ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पौडेलले सरकार पत्रकारसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताए । प्रेस चौतारी नेपाललाई आवश्यक सहयोग र सहकार्य गर्न सरकार तयार रहेको पौडेलले जानकारी दिएको प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले जानकारी दिए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष गणेश पाण्डे लगायतका पदाधिकारीहरू, नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत लगायतको सहभागिता थियो ।