
काठमाडौं, १४ फागुन । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार टाइल्सले अर्को कीर्तिमान कायम गर्दै देशकै पहिलो र एकमात्र फुलबडी टाइल ‘सेन्टो’ संग्रहलाई सार्वजनिक गरेको छ । लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै ‘सेन्टो’ नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुलबडी टाइल संग्रहलाई बजारमा ल्याएको छ ।
फुलबडी टाइलहरू प्राकृतिक ढुंगाजस्तै सतहदेखि पूरै अंश एउटै डिजाइनको हुने भएकोले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रंग र बनावटमा कुनै फरक पर्दैन । लामिनार टाइल्सको उत्पादक, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार पीईआई रेटिङ्ग ५ (जसले कुनै पनि टाइल्सको अत्याधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कारण ‘सेन्टो’ टाइलहरू उच्च आवात–जावत हुने स्थानहरू जस्तै विमानस्थल, शपिङ्ग मल, होटल, अस्पताल, पार्किङ्ग, सडकपेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन् । आइएसओ र भारतीय मापदण्डअनुसार गरिएको आन्तरिक परीक्षणमा १५ मिलिमिटर सम्म मोटाइ भएका सेन्टो टाइलहरूले समान मोटाइका प्राकृतिक ग्रेनाइटको तुलनामा निम्न गुणहरूमा उल्लेखनीय प्रदर्शन गरेका छन्ः

कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत सेन्टोले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ । यस टाइलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पूलका रसायन प्रतिरोध, तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोध लगायतका सबै परीक्षणहरू पास गरेको छ ।
नेपाली उपभोक्ताहरुको लागि अब घर वा कार्यालयका भर्याङका चिप्लिइने ग्रेनाइट वा मार्बलको विकल्पमा किफायती, कहिल्यै नखुइलिने, अधिक टिकाउ र दिगोका साथै अत्याधिक पकड सहितको सेन्टो टाइल उपलब्ध भएको छ ।
सेन्टो फुलबडी संग्रहलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा औपचारिक रूपमा सार्वजनिक गरेका थिए । आकर्षक डिजाइन र टिकाउपनाको संयोजनले यो संग्रह आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा व्यावसायिक र आवासीय परियोजनाहरूका लागि उत्तम विकल्प बनेको छ ।












प्रतिक्रिया