२८ आश्विन २०८३, बुधबार

पत्नी बिनै राजेशको ५०औं बर्थडे पार्टी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajesh-hamal

केही दिन अघि मात्रै विहे बन्धनमा बाँधिएका नेपाली फिल्मी क्षेत्रका महानायक राजेश हमालले आफ्नो पचासौँ जन्मदिन अष्ट्रेलियामा मनाएका छन् ।

हमालको ५० औं जन्मदिनको अवसरमा अष्ट्रेलियाको सिड्नीमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । महानायक हमाललाई हजारौ नेपालीका साथमा गायक राजेश पायल राई र गायिका अन्जु पन्तले साथ दिएका थिए ।

हमालको जन्मदिनलाई भव्य बनाउन नेपालीटच इभेन्टले कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा गायक राजेश पायल राइ र गायिका अन्जु पन्तले १० र १० वटा गीत गाएर हमालको जन्मदिनको सेलिब्रेसन गरेका थिए भने हमालले गीतमा डान्स गरेका थिए।

कार्यक्रममा राजेश पत्नी मधु भने सहभागी थिइनन् । मधुलाई नेपालमै छाडेर राजेश पुगेका हुन् ।