२९ आश्विन २०८३, बिहिबार

कोलम्बियामा सशस्त्र झडपमा परी चार दिनमा ८० जनाको मृत्यु, हजारौँ विस्थापित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । कोलम्बियामा  शान्ति प्रक्रिया ठप्प भइरहेका बेला सशस्त्र लडाकूबीच नयाँ शृङ्खला विस्तार भएपछि चार दिनमा सर्वसाधारणसहित ८० जनाभन्दा बढीको मृत्यु भएको छ ।

सशस्त्र झडपका घटनापछि करिब ११ हजार मानिस विस्थापित भएका छन् भने नेशनल लिबरेशन आर्मी ईएलएन०सशस्त्र समूहले गत बिहीबार क्याटाटुम्बोमा पार्क गुरिल्ला फोर्सका भूतपूर्व सदस्यहरू सम्मिलित प्रतिद्वन्द्वी समूहमाथि आक्रमण गरेको अधिकारीहरूले बताएका छन् ।

नर्ते डी सान्तान्दर विभागका गभर्नर विलियम भिल्लामिजारका अनुसार हिंसात्मक घटनाका कारण नागरिकहरू ठाउँठाउँमा फसेका र आइतबारसम्ममा ‘८० जनाभन्दा बढीले ज्यान गुमाइसकेका’अनुमान गरिएको छ ।

सन् २०२२ मा निर्वाचित भएपछि राष्ट्रपति गुस्ताभो पेट्रोले अझै पनि कोलम्बियाको केही भागहरूमा नियन्त्रण गरिरहेका इएलएन र अन्य सशस्त्र समूहहरूसँग वार्ता सुरु गरेका थिए भने ईएलएन समूहले ‘युद्ध अपराध’ गरेको आरोप लगाउँदै उनले अशान्तिको पछिल्लो शृङ्खलाको समयमा शुक्रबार उक्त समूहसँग वार्ता रोकेको घोषणा गरेका थिए ।