काठमाडौँ, २१ असार । संविधान सभाको बैठकमा आज पनि प्रारम्भिक मस्यौदामाथिको छलफलका चलिरहेको छ ।
संविधानसभाको बैठकमा ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदालाई ‘जनताको प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल चलिरहेको संसदका प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।
सो प्रस्तावमाथिको छलफलमा आइतबार ९३ र हालसम्म १७४ सभासद्ले आफ्ना धारणा राखेका छन् भने आज झण्डै दुई सयभन्दा बढी सभासद्ले मस्यौदामाथि आफ्नो धारणा राख्दैछन् ।
सभासद्हरूले जनताका अधिकारलाई संविधानमा समेट्ने अवसर गुमाउन नहुने भन्दै जनतामा रायका लागि गइसकेपछि प्राप्त सुझावलाई पनि ध्यानमा राखेर मस्यौदा परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् ।
मस्यौदामाथि छलफल चलिरहेका बेला मधेसवादी दलहरुले भने संविधानसभाको बैठक नै बहिष्कार गरेका छन् । आइतबार सुरु हुनेवित्तिकै वहिष्कार गरेका मधेसवादी दलका सभासदले आजको बैठक पनि बहिष्कार गरेको जनाएका छन् ।












प्रतिक्रिया