काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने बताएका छन् ।
बिहीबार राति फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् ।
सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले नै प्रहरी महानिरीक्षक हटाउने सरकारको निर्णयमाथि प्रश्न उठाउँदै त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहने टिप्पणी गरेपछि बालेनले फेसबुकमार्फत जवाफ दिएका हुन् ।
‘तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता, हासेर बस्छन्, हाम्रा नेता लड्छन्, मानवताले आश गर्छन ! फरक यती हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।’ बालेनले लेखेका छन् ।

हिजो चितवनमा रास्वपा सभापति लामिछानेले पार्टीले सरकारलाई आईजीपी हटाउन नभनेको दाबी गर्दै आईजीपी हटाउनुको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको बताएका थिए ।












प्रतिक्रिया