२० कार्तिक २०८३, शुक्रबार

आजमात्रै नेपालमा दुई भूकम्प

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamap-ktm

काठमाडौं, २० असार । नेपालमा आइतबार दुई वटा भूकम्प गएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज भूकम्पका दुईवटा धक्का महसुस गरिएको हो । आजका दुईवटै धक्का विहानीको समयमा गएका थिए । केन्द्रका अनुसार पहिलो भूकम्पको धक्का सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलब ४ रेक्टर स्केलको गतिमा महसुस भएको थियो ।

सिन्धुपाल्चोकको धक्का विहानै १ बजेर २७ मिनेटमा महसुस गरिएको थियो । यस्तै, दोस्रो धक्का विहान दोलखा केन्द्रविन्दु भएर महसुस भएको थियो । विहान १० बजेर ७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का ४ दशमलब २ रेक्टरको गतिमा महसुस भएको थियो ।

केन्द्रका अनुसार हिजो एक मात्रै भूकम्पको धक्का महसुस भएको थियो । आजको भूकम्पसँगै नेपालमा गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि ४ रेक्टर भन्दा माथिका ३ सय भन्दा बढी धक्काहरु महसुस गरिएका छन् ।

Earth-quake-dolkha