२८ आश्विन २०८३, बुधबार

नोटमा कोरे, स्टिच लगाए कारबाही

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisaPaisaकाठमाडौं, २६ जेठ। नोटमा केरमेट र स्टिच लगाएर बिगार्ने व्यक्तिलाई राष्ट्र बैंकले कारबाही गर्ने भएको छ ।

राष्ट्र बैंकले नोटमा केरमेट गर्नेलाई आर्थिक जरिबाना र नोटका बिटामा स्टिच लगाउने बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सेवाबाट निलम्बनसम्मको कारबाही गर्ने भएको अन्नपूर्ण पोस्टमा खबर छ ।

नेपाल राष्ट्र बैंकले २०६७/६८ को मौदि्रक नीतिमा नै सफा नोट नीति ल्याएको भए तापनि हालसम्म त्यसलाई सर्वसाधारण एवं बैंक तथा वित्तीय संस्थाले पालना नगरेपछि आफ्नो नीति कार्यान्वयनमा कडा रुपमा प्रस्तुत हुन लागेको छ ।

राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले सफा नोट नराख्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंक ऐनको दफा १०० बमोजिम कारबाही गरिने जानकारी दिए । राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयन गर्न प्रभावकारी ढंगले लाग्ने निर्णय गरेबमोजिम नीति कार्यान्वयन नगर्नेलाई कानुनी कारबाही गर्ने परिपत्र नै जारी गरेको छ । राष्ट्र बैंक ऐनको दफा १०० मा राष्ट्र बैंक ऐन उल्लघंन गर्दा हुने कारबाहीको बारे उल्लेख छ ।