२३ कार्तिक २०८३, सोमबार

एमालेको युवा विद्यार्थी विशेष जिल्ला अध्यक्षमा शिवाकोटी निर्वाचित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । नेकपा (एमाले)को युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा सुदर्शन शिवाकोटी निर्वाचित भएका छन् ।

युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौँ अधिवेशनबाट शिवाकोटी सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । संगठनको सचिवमा पनि नरेन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् ।

उपाध्यक्ष र उपसचिव पदमा भने शनिबार मतदान भएको थियो । उपाध्यक्षमा श्यामकाजी खत्री मतदान प्रक्रियाबाट निर्वाचित भएका छन् । खत्रीले १ सय ७१ मत ल्याउँदा अर्का प्रतिस्पर्धी प्रकाश भुजेलले ६३ मत पाएका छन् ।

उपसचिव महिलामा विनीता काफ्ले १ सय ६१ प्राप्त गरी निर्वाचित भएकी छन् । उनकी प्रतिष्पर्धी सजिना थापा मगरले ७० मत पाइन् । खुल्ला उपसचिवमा भने जगतमान लामा सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशनको कात्तिक २८ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए ।