२३ कार्तिक २०८३, सोमबार

सामराको शतकमा पोखराद्वारा कर्णालीलाई २१८ रनको उच्च लक्ष्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१७ रन बनायो । यो प्रतियोगिताकै उच्च लक्ष्य हो ।

जसमा युवराज सामराले शतक र कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । सामरा १०२ र भुर्तेल ६२ रनमा आउट भए । यी दुबै ब्याटरबीच १३६ रनको कीर्तिमानी साझेदारी भयो। यो जारी सिजनको उच्च साझेदारी हो । सामराको शतक पनि जारी सिजनको पहिलो शतक हो ।

कर्णालीका कप्तान सोमपाल कामीले २,मार्क वाटले १ विकेट लिए ।