२३ कार्तिक २०८३, सोमबार

कस्तो रह्यो कलाकारहरुको लक्ष्मीपूजा ?

लक्ष्मीपूजामा कलाकारका सामाजिक सञ्जालमा तिहारका रौनक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालीहरूको महान् पर्व तिहारअन्तर्गत आइतबार लक्ष्मीपूजा गरियो । यस अवसरमा कलाकारहरूले पनि सामाजिक सञ्जालमार्फत तिहार मनाएका तस्बिर तथा भिडियो सार्वजनिक गरेका छन् ।

कलाकार करिश्मा मानन्धरले रङ्गोली बनाउँदै आँगन सजाएको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । उनले सोमबार अघिल्लो रात आफ्नै प्रियजनहरूसँग भैलो खेलेको रमाइलो भिडियोसमेत साझा गरेकी छन् । भिडियोको क्याप्सनमा उनले लेखेकी छन्, ‘हिजो रातिको भैलो, त्यो पनि आफ्नै प्रियजनहरूबाट । माया, आत्मीयता र खुसीले भरिएको एउटा सुन्दर क्षण।’

हास्यव्यङ्ग्य क्षेत्रका वरिष्ठ कलाकार हरिवंश आचार्यले पूजाकोठाबाट पारिवारिक तस्बिर सार्वजनिक गर्दै तिहारको शुभकामना दिएका छन् ।

नायिका रेखा थापाले छोरी वैभवी राज्यलक्ष्मीसँग रङ्गोली बनाउँदै रमाइलो गरेको तथा देउसीभैलो खेलेको भिडियो फेसबुकमा सार्वजनिक गरेकी छन् । यस्तै, नायिका पूजा शर्माले धन, सुख, शान्ति र समृद्धिको कामना गर्दै रङ्गोली बनाएर पूजा गरेको तस्बिर सार्वजनिक गरेकी छन् । उनले श्रीमान्सँग दियो र झिरझिरे बालेको भिडियोसमेत साझा गरेकी छन् ।

नायिका गरिमा पन्तले देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तिहारको शुभकामना दिँदै दीपावलीका तस्बिरहरू सार्वजनिक गरेकी छन् ।

यस्तै, गायक प्रमोद खरेलले सामाजिक सञ्जालमार्फत सबैको घरमा लक्ष्मी माताको वास होस् भन्ने कामना गर्दै तिहारको शुभकामना दिएका छन् ।

कलाकार जयकिसान बस्नेतले सोमबार पारिवारिक तस्विर सार्वजनिक पोस्ट गर्दै झिलिमिलले सजाएको घरको तस्विर समेत सार्वजनिक गरेका छन् ।