
काठमाडौं, ३० कात्तिक । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा सबै मन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सचिवहरू सहभागी हुनेछन् ।
आजको बैठकमा देशको समग्र विकास निर्माणको प्रगति र आगामी कार्ययोजना निर्माणबारे छलफल हुने बताइएको छ । बैठकमा विकाससम्बन्धी नीति, योजना, कार्यक्रम तथा आयोजनाको प्रगति समीक्षा र समस्याको समाधानलगायतका विषयमा छलफल हुने बताइएको छ ।












प्रतिक्रिया