२३ कार्तिक २०८३, सोमबार

कमला नदीमा भूत मेला (तस्वीरहरु)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । परापूर्वकालदेखि नै कमला नदीमा स्नान गरेर कमलेश्वरी माताको शुक्रबार पूजा अराधना गर्ने गरिन्छ ।

धनुषा-सिरहासँग जोडिएको कमला नदीमा स्नान गर्न दुरदराजबाटसमेत श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।

कात्तिक पूर्णिमाको अवसरमा नयाँ सिकारी धामी झाँक्रीहरु आ-आफ्ना गुरुबाट दिक्षा लिई कमला नदीमा स्नान गरी कमलेश्वरी माताको पूजा अराधना गरी देउता अर्थात भूत खेल्ने धार्मिक परम्परा रहेको छ । त्यसैले यसलाई देवमेलासँगै भूत मेला पनि भन्ने चलन छ । यस दिन कमला नदीमा लाग्ने मेलामा हजारौँको संख्यामा धामी झाँक्रीहरुसमेत सहभागी हुने गरेका छन् ।

यस मेलामा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुरलगायत जिल्लाका लाखौं मानिस कमला नदीमा स्नान गर्न श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।