३० आश्विन २०८३, शुक्रबार

नेपाल आज नेदरल्याण्डसँग भिड्दै, जित्ला त नेपालले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali_cricket_team_Paras_Khadka_CAN_Nepal

काठमाडौं, १५ असार । विश्वकप क्रिकेट छनौट प्रतियोगिताको तयारीका लागि नेदरल्याण्ड पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली र एसोसिएट्स राष्ट्र नेदरल्याड्सबीच आजदेखि खेल सुरु हुँदैछन् ।

नेदरल्याण्डसँग टी-२० क्रिकेटका चारवटा खेलहरु आजबाट सुरु हुन लागेका हुन् । नेपाल र नेदरल्याण्डबीच आज पहिलो खेल नेपाली समयअनुसार राति पौने ९ बजेबाट सुरु हुँदैछ ।

आजको खेल नेदरल्याण्ड्सको घरेलु मैदान आम्सटेलभिनस्थित भिआरए रंगशालामा हुँदैछ । टी-ट्वान्टी क्रिकेटमा दुवै शक्तिशाली एसोसिएट्स राष्ट्र हुन् । जसका कारण आजको खेल रोचक हुने अनुमान गरिएको छ ।

नेपालले यसअघि पनि नेदरल्याण्डसँग खेलिसकेको छ । एक खेलमा नेपालले नेदरल्याण्डमाथि जित हात पारेको छ, भने २ खेलमा पराजित भएको थियो । विश्लेषण अनुसार नेपाल बलिङमा बोलियो मानिन्छ, भने नेदरल्याण्ड व्याटिङमा । जसका कारण पनि आजको खेललाई निकै प्रतिस्पर्धात्मक मानिएको छ ।

बलिङ र व्याटिङ दुबै टिम सक्षम छैनन् तसर्थ यसले नै जित्छ भन्ने अवस्था छैन् । तर नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दसानायकले नेपालको बलिङका साथै व्याटिङमा पनि सुधार आएकाले आजको खेलमा नेपालले जित्ने दाबी गर्छन् ।

उनले जित्ने दाबी गरेपनि नेपाल र नेदरल्याण्ड कडा प्रतिस्पर्धा हुने देखिएको छ । कस्ले जित्छ त्यो त खेल हेरेपछि नै थाहा होला । तर पछिल्लो समय भारत र बेलायतमा नेपालले गरेको प्रदर्शनका आधारमा आजको खेलमा जित्ने संम्भावना रहेको विश्लेषकहरु बताउँछन् ।