
चितवन, ११ असोज । नारायणगढ–मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ ।
बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समितिले सवारी सञ्चालनमा रोक लगाएको हो ।
यस राजमार्ग भएर गुड्ने सवारी साधनलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने छ ।
बर्षाका कारण मुग्लिन-काठमाडौँ सडक खण्डमा दर्जनभन्दा बढी स्थानमा स–साना पहिरो जाँदा सडक अवरुद्ध बनेको छ ।












प्रतिक्रिया