१८ कार्तिक २०८३, बुधबार

सहकारी ठगी गरेर फरार रहेका ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । सहकारी ठगी गरेर फरार रहनुभएका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ पर्नु भएको हो ।

उहाँलाई भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ गरिएको हो । उहाँमाथि इमेज सहकारीको एक अर्ब ८० करोड ठगी गरेको आरोप छ ।

नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण नबाइदिन आग्रह गर्नु भएको थियो ।

उहाँविरुद्ध सहकारी बचत रकम अपचलन अभियोगमा मुद्दा चलिसकेको छ । तर, महान्यायाधिवक्ताको कार्यालयले बैंकिङ कसुर र सहकारी ऐनअन्तर्गतका मुद्दामा ऋण तिरेको खण्डमा मिलापत्र गर्न सकिने व्यवस्था गरेसँगै उहाँ पक्राउ पर्नु भएको हो । उहाँले आफूसँग भएको सम्पत्ति बेचविखन गरेर ऋण तिर्न सक्ने बताउनु भएको छ ।

उहाँले आफूसँग ४४ ठाउँमा घरजग्गा रहेको विवरण सार्वजनिक गर्नुभएको थियो । उहाँले केही महिनाअघि सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू र आफ्नो श्रीमतीको नाममा भएको सम्पत्ति बेचेर सबै बचतकर्ताको ऋण तिर्ने बताउनु भएको छ ।