२१ असार २०८३, आइतबार

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, ३१ साउन । पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गतअन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मि खण्ड अवरुद्ध भएको हो ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ अक्करे भीरमा अविरलसँगैको पहिरो, ढुङ्गा र माटोसहितको लेदोका कारण सडक अवरुद्ध भएको हो ।

बिहीबार बिहान पौने ६ बजेदेखि दुवैतर्फको सडक अवरुद्ध भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताउनुभयो । अवरुद्ध खडक खुलाउन इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी ग्वाल्टारका प्रहरी उक्त स्थानमा पुगिसकेको काफ्लेले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा पहाडी जिल्लाहरु खोटाङ, ओखलढुंगा, सोलुखुम्बुबाट राजधानी काठमाडौं हिँडेका सवारीसाधन र राजधानीबाट ती जिल्लामा आएका सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।