२४ कार्तिक २०८३, मंगलबार

चार खेल खेलेर स्वदेश फर्किए डेभिड वार्नर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गोर्खाजबाट चार खेल खेलेर स्वदेश फर्किएका छन्।

गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनको बिदाइबारे जानकारी दिएका हुन्। उनले टोली र नेपाली क्रिकेटमा वार्नरले पुर्‍याएको योगदानको प्रशंसा गर्दै सुरक्षित यात्राको शुभकामना दिएका छन्।

वार्नरले एनपीएलका चार खेलमा कुल १२७ रन बनाएका थिए। रोचक पक्ष, उनले खेलेका चारवटै खेलमा काठमाण्डु गोर्खाज विजयी भएको थियो।