२४ कार्तिक २०८३, मंगलबार

नेपाल संवत्‌ले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाओस् : उपराष्ट्रपति यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक भएको बताएका छन् ।

नेपाल संवत् ११४७ को शुभारम्भका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाले लोककल्याणको भावनाबाट प्रेरित भई पीडित जनतालाई ऋणमुक्त गराएको ऐतिहासिक कार्यले नेपाली समाजमा सेवा, परोपकार र सामाजिक उत्तरदायित्वको उच्च आदर्श स्थापित गरेको उल्लेख गरेका छन् ।

साख्वाले देखाएको मानवतावादी मार्ग आज पनि राष्ट्रिय जीवनका लागि उत्तिकै प्रेरणादायी र अनुकरणीय रहेको उनको भनाइ छ ।

नेपाल संवत्ले विगतको गौरव स्मरण गराउँदै वर्तमानलाई जिम्मेवार ढङ्गले आत्मसात् गर्न र भविष्यलाई अझ उज्यालो बनाउन प्रेरणा दिने उनले बताएका छन् ।

उनले यस मौलिक संवत्ले नेपालीबीच पारस्परिक विश्वास, सामाजिक सद्भाव, सहयोग, शान्ति र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् । साथै, युवा पुस्तामा सिर्जनशीलता, उद्यमशीलता र राष्ट्रनिर्माणप्रतिको प्रतिबद्धता विकास गर्दै लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा राष्ट्रिय हितको संरक्षण र संवर्द्धनमा सबैलाई जिम्मेवार बन्न प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।