१८ कार्तिक २०८३, बुधबार

पर्यटन मन्त्री कृपासुर शेर्पाको सम्पत्तिः पाँचवटा भैँसी, दुई हल गोरु !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kripasur-sherpa_20150523085108काठमाडौँ, ११ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।

मन्त्री शेर्पाले आर्थिक वर्ष २०७०÷७१ को सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्नुभएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मन्त्री शेर्पाको श्रीमती कमला शेर्पाको नाममा भोजपुर नगरपालिका वडा नं ३ बोखिमस्थित ३४.०.० (वर्ग मिटर) क्षेत्रफलमा अंशबापतको रु ५० हजार मूल्यको घर र जग्गा रहेको छ ।

त्यस्तै श्रीमती कमला शेर्पाकै नाममा काठमाडौँ महानगरपालिका वडा नं ७ मैजुबहालमा वकसबापत प्राप्त १२.२.० र सोही स्थानमा २२.०.० (वर्ग मिटर) क्षेत्रफलमा गरी रु सात लाख ५० हजारको घर र जग्गा रहेको छ ।

श्रीमती शेर्पाकै नाममा इलाम नगरपालिका वडा नं २ मा ०.३.०.० दाइजोबापतको रु ३० हजार र झापा महारानी वडा नं ४ मा २.१५.०.० (वर्ग मिटर) क्षेत्रफलमा किस्ताबन्दीमा खरिद गरेको रु १८ हजारको घर र जग्गा रहेको छ ।

मन्त्री शेर्पासँग विवाहमा दाइजोबापत प्राप्त ५० तोल सुनका गरगहना र पाँच केजी चाँदीको पूजाका सामान रहेका छन् ।

उहाँको राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा तलबबाट प्राप्त मौज्दात रकम रु तीन हजार ५०० रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकमा जग्गा बिक्रीबापत प्राप्त रु १० हजार र एभरेष्ट बैंकमा रु ६५ हजार छ । श्रीमती कमला शेर्पाको नाममा कर्मचारी सञ्चय कोषमा रु छ लाख ५० हजार र राष्ट्रिय वाणिज्य बैंकमा तलबबाट प्राप्त रु ३५ हजार रहेको छ ।

श्रीमती कमला शेर्पालगायत आफन्तकोे नाममा एसबिआइ बैंकमा ७०० कित्ता शेयर, खेती र तलबलगायतको आम्दानीमार्फत प्राप्त रु ७० हजार रहेको छ ।

फूर्वा तेञ्जिङ शेर्पाको नाममा बा२९प ६०६६ नम्बरको जग्गा बिक्रीबापत प्राप्त रु दुई लाख ३९ हजार रहेको छ ।

मन्त्री शेर्पासँग अंशबापत प्राप्त रु दुई लाख ५० हजार मूल्यका पाँचवटा भैँसी रु एक लाख मूल्यका दुई हल गोरु रहेको मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरणमा उल्लेख छ । रासस