१८ कार्तिक २०८३, बुधबार

सुरु भयो फिल्म ‘शुभ विवाह’को डबिङ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी फागुन २१ गतेबाट हलमा लाग्ने नेपाली फिल्म ‘शुभ विवाह’को धमाधम डबिङ भइरहेको छ ।

सुदर्शन थापा निर्देशित फिल्ममा प्रदीप खड्का, सनीशा भट्टराई लगायत सम्पूर्ण कलाकार डबिङको काममा व्यस्त छन् ।

सुपर हिट फिल्म ‘प्रेम गीत’ पछि निर्देशक सुदर्शन र प्रदीपबिच लामो समयपछि यसै फिल्ममार्फत पुनर्मिलन भएको हो ।

फिल्ममा प्रदीप र सनीशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य लगायतको अभिनय देख्न सकिनेछ।

प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भइरहेको यस फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन् ।

प्रदीप श्रीवास्तवको कथा रहेको फिल्मको पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका हुन् ।

फिल्ममा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन (डीओपी), मिलन श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, विक्रम स्वारको नृत्य निर्देशन र साहिल खानको ट्रेलर सम्पादन रहनेछ ।

डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको फिल्म वितरण भीष्म फिल्म्स् र श्रीराम बालाजीले गर्नेछन् ।