१८ कार्तिक २०८३, बुधबार

अमेरिकी हेलिकप्टर दुर्घटना छानबिन प्रतिवेदन: यस्तो छ दुर्घटना हुनुको कारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

US-Army-helicopter
काठमाडौँ, ११ असार । अमेरिकी हेलिकप्टर दुर्घटना छानबिनका लागि गठित समितिले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तिम प्रतिवेदन बुझाएको छ ।

छानबिन टोलीका तर्फबाट कार्यदलका अध्यक्ष रहेका नेपाली सेनाका पाइलट (सहायक रथी) सुधिर श्रेष्ठले शुक्रबार पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पालाई छानबिन प्रतिवेदन बुझाएका हुन् । छानबिन कार्यदलले कालिन्चोक पहाड श्रृंखलाको भौगोलिक बनोट र खराब मौसमलाई दुर्घटना हुनुको कारणको रुपमा देखाएको छ । खराब मौसमका कारण अकस्मात् हेलिकप्टर बादलमा प्रवेश हुन पुगी समुन्द्री सतहदेखि लगभग ११ हजार २ सय फिट अग्लो कालिन्चोक पहाडको पश्चिमतर्फको कडा चट्टानी भूभागमा ठोक्किएर दुर्घटना हुन पुगेको निष्कर्ष निकालिइएको छानबिन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भविष्यमा यस्ता दुर्घटनाबाट बच्नका लागि सम्बद्ध निकायहरुलाई केही सुरक्षाका उपायहरु समेत सिफारिस गरिएको छ ।

336-01नेपालमा विनाशकारी भूकम्पपछि अमेरिकाबाट खोज, उद्धार तथा राहत कार्यका लागि आएको हेलिकप्टर बैशाख २९ गते सिन्धुपाल्चोक जिल्लाको घोर्थली गाबिस वडा नं. ३ मा दुर्घटनामा परेको थियो । दुर्घटना हुनुको कारण पत्ता लगाउन जेठ ६ गते प्रधानसेनापति गौरबशम्सेर जबराको निर्देशनमा १५ सदस्यीय नेपाली तथा अमेरिकाको बिज्ञ टोली सम्मिलित संयुक्त छानबिन कार्यदल गठन गरिएको थियो । कार्यदलले जेठ ७ गतेबाट नै दुर्घटना सम्बन्धमा आफ्नो छानबिनको कार्य प्रारम्भ गरेको थियो ।