१८ कार्तिक २०८३, बुधबार

कांग्रेसलाई एमाले अध्यक्ष ओलीको कडा चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, ११ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सत्ता लम्ब्याउन आलटाल गरेर संविधान निर्माणमा बाधा पुर्‍याए एमालेले सरकार छाड्ने चेतावनी दिनुभएको छ ।

एक अनलाईन पत्रिकासँगको अन्तर्वार्तामा उहाँले कांग्रेसले संविधान बनाउन ढिलासुस्ती गरे सरकारबाट बाहिरिने चेतावनी दिनुभएको हो । उहाँले भन्नुभयो-‘हामीले असारभित्र संविधान जारी गर्छौ । यसमा कुनै शंका छैन । तर, सुशील कोइरालाले कसरी असारमा संविधान जारी हुन्न भन्नुभयो, पत्यार लागिरहेको छैन ।’

यदि कांग्रेसले संविधान निर्माणमा ढिलाई गरी सत्ता लम्ब्याउने खेल खेल्न थाल्यो भने ‘ल गरी खानुस्’ भनेर सरकार छाड्ने ओलीले प्रष्ट पार्नभयो । उहाँले सम्झौता तोडिएपछि आफुहरु सरकारमा बस्नुको औचित्य नरहेको धारणा व्यक्त गर्नुभयो ।

महाधिबेशनसम्म सत्ता लम्ब्याउने कांग्रेसको षडयन्त्र सफल नहुने ओलीको दाबी छ । ‘उहाँले त्यसो गर्नुहुन्न भन्नेमा म विश्वस्त छु’ अध्यक्ष ओलीले भन्नुभयो, ‘सहमति गर्दा उहाँले विश्वास गर्नुस बोली फेर्दिन भन्नुभएको थियो ।’