काठमाडौँ, १० असार । संसदको अधिवेशन यही असार १५ गते हुने भएको छ ।
राष्ट्रपति डा रामवरण यादवले विहीबार प्रधानमन्त्रीको सिफारिसमा यही असार १५ गते मङ्गलबारका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको हो ।
राष्ट्रपतिले नेपालको अन्तरिम संविधान–२०६३ को धारा ५१ को उपधारा (१) बमोजिम व्यवस्थापिका–संसद्को अधिवेशन उक्त दिन अपराह्न ३ बजेका लागि आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला र शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्य र मुख्यसचिव लीलामणि पौड्यालले बुधबार राष्ट्रपतिसमक्ष अधिवेशन आहृवानको सिफारिसपत्र प्रस्तुत गर्नुभएको थियो ।
सिफारिसपत्रलाई ग्रहण गर्दै राष्ट्रपति यादवले असार १५ का लागि संसदको अधिवेशन बलाउनुभएको हो ।












प्रतिक्रिया