२१ कार्तिक २०८३, शनिबार

नेपालको पुनर्निर्माण सहयोगमा भारतले चीनलाई दियो टक्कर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Chinaकाठमाडौं, १० असार । भूकम्प पश्चात नेपालको पुनर्निर्माणका लागि आजदेखि सुरु भएको ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी सबै देशले सहयोगको घोषणा गरेका छन् ।

सम्मेलनमा सहभागी भारत, चीन, जापान नर्वे लगायतका देशले अर्बाे रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् । जसमा भारत र चीनबीच प्रतिस्पर्धा देखिएको छ ।

भारतले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब दुई खर्ब प्रदान गर्ने घोषणा गरेको छ ।

राजधानीमा जारी ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन समारोहमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले उक्त घोषणा गरिन् ।

भारत–नेपाल सम्बन्धलाई ‘रोटी–बेटी’ का रुपमा प्रस्तुत गर्दै उनले महाविपत्तिमा परेको नेपाललाई रु दुई खर्बमा ६५ अर्ब अनुदान र बाँकी रकम सहुलियतपूर्ण ऋण सहायता प्रदान गरिने घोषणा गरिन् ।

भारत सरकार र त्यहाँका जनता नेपाल सरकार र नेपाली जनताका साथ रहेका स्पष्ट गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष निर्देशनमा भूकम्पको लगत्तै खोज, उद्धार तथा राहतका लागि ‘मिसन मैत्री’ तत्काल नेपालमा परिचालन हुनु नेपालप्रतिको भारतको प्राथमिकता प्रष्ट हुने बताइन् ।

यता चीनका विदेशमन्त्री विदेशमन्त्री वाङ यीले नेपाललाई ७६ अर्ब बढी रुपैयाँ सहयोग घोषणा गरे ।

यो सहयोगको सिलसिला हेर्ने हो भने भारतले चीनलाई टक्कर दिएको छ । सम्पत्तिको रुपमा हेर्ने हो भने चीन विश्वमै धनी देश हो, तर भारतले उसको घमण्डलाई तोड्न नेपाललाई अरबौं रुपैयाँ सहयोग घोषणा गरेको विश्लेषकहरु बताउँछन् ।

नेपालमा आफ्नो बढी प्रभुत्व जमाउन पनि भारतले सबैभन्दा बढी सहयोग गरेको बताईन्छ । तेस्रो नम्बरमा जापानले २६ अर्ब रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । दाता सम्मेलनमा करिब दातृ निकायका ३ सय प्रतिनिधिको सहभागिता रहेको छ ।