बनेपा, २४ जेठ । काभ्रेपलाञ्चोकको माहाभारत डाँडापारिका गाविसमा शनिबार परेको चट्याङ लागेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक अरुण बिसीका अनुसार गोकुले गाविस–६ निवासी ७४ वर्षीय कामीसिंह मुक्तान, वनखुचौर–८ बस्ने १२ वर्षीया रमिला विक, मिल्चे–९ निवासी ४५ वर्षीया फूलमाया तितुङ र साल्धारा गाविस–६ बस्ने १९ वर्षींय सन्तलाल रुम्बाको चट्याङ लागेर मृत्यु भएको हो ।
उनीहरुलाई आआफ्नो घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । प्रहरी उपरीक्षक बिसीले सो क्षेत्रमा यातायात सुविधा नभएकाले प्रहरी पैदलयात्रा गर्दै घटनास्थल गइरहेको जानकारी दिनुभयो ।














प्रतिक्रिया