३० आश्विन २०८३, शुक्रबार

विश्वकप क्रिकेट खेल्न नेपाली टोली बेलायत प्रस्थान, को-को छन् टोलीमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali_National_Cricket_teamकाठमाडौँ, ९ असार । विश्वकप छनोट खेल्न युरोप प्रस्थान गर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिदाइ गरेको छ ।

आगामी जुलाई ६ देखि २६ सम्म आयरल्यान्ड र स्कटल्यान्डमा आयोजना हुने आइसीसी वल्र्ड टी–२० छनोट प्रतियोगिता तथा जुलार्इ २९ र ३१ मा स्कटल्याण्डमा नेपाल र स्कटल्यान्डबीच हुने लिग क्रिकेट लिगच्याम्पीयनसीपमा सहभागी हुने नेपाली टोली बेलायतको राजधानी लन्डन प्रस्थान गरेको हो ।

आयरल्यान्ड र स्कटल्यान्ड प्रस्थान गर्नुअघि नेपाली टोलीले अभ्यास खेल तथा प्रशिक्षणका लागि बेलायत र नेदरल्यान्ड भ्रमण गर्नेछ । नेपाली टोलीले नेदरल्यान्डमा घरेलु टोलीसँग चार टि–२० खेल खेल्नेछ भने लन्डनमा झण्डै एक साता त्यहाँकै टोलीसँग अभ्यास खेल खेल्नेछ ।

युरोप जाने टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, खेलाडीमा शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, अनिल मण्डल, सुवास खकुरेल तथा विनोद भण्डारी छन् । त्यसैगरी, प्रदीप ऐरी, सागर पुन, जितेन्द्रकुमार मुखिया, सोमपाल कामी, राजेश पुलामी मगर, करण केसी, सिद्धान्त लोहनी, अविनाश कर्ण छन् ।

नेपाली टोलीका प्रशिक्षक श्रीलङ्काली मूलका क्यानाडेली नागरिक पुबुदु दसानायके, बलिङ तथा व्याटिङ प्रशिक्षकमा क्रमशः विनोदकुमार दास तथा भारतीय नागरिक मोन्टी देशाइ, फिजियो भारतकै ऐजाज असाइ तथा प्राविधिक विश्लेषकमा रमण सिवाकोटी पनि युरोप जानेछन् ।