२९ आश्विन २०८३, बिहिबार

आइतबारदेखि संसद अवरुद्ध हुँदैनः एमाओवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Barsaman Punकाठमाडौं, २४ जेठ । पूर्व अर्थमन्त्री एवम् एकीकृत नेकपा (माओवादी)का सचिव वर्षमान पुनले भोलि (आइतबार) देखि व्यवस्थापिका संसदको बैठक अबरोध नगर्ने बताएका छन् ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा पुनले सरकारलाई नियमित रुपमा बजेट ल्याउन दिन संसद अबरोध नगर्ने बताए । रकमान्तरको विषयलाई भन्दा पनि राजनीतिक सहमति कार्यान्वयन गर्न सरकारले आनाकानी गरेका कारण संसद रोकिएको उल्लेख गर्दै उनले भोलिदेखि संसद् अवरुद्ध नगर्ने बताए ।

‘बजेटमा राजनीति गर्नु हुँदैन,’ उनले भने, ‘यो सरकारलाई नियमित रूपमा बजेट ल्याउन दिनुपर्छ ।’

अर्थमन्त्रीका लागि रकमान्तर जरुरी रहेको उल्लेख गर्दै सचिव पुनले दीर्घकालीन महत्वका आयोजनाका लागि आवश्यकताअनुसार रकमान्तर गर्न सकिने तर राजनीतिक दृष्टिकोणले साना टुक्रे कार्यक्रममा रकमान्तर हुन नहुने धारणा राखे ।

अर्थ सचिव युवराज भुसालले पूर्वाधारलाई केन्द्रित गरेर बजेट तयार परिएको उल्लेख गर्दै सदन खुलेको दुईसाताभित्र संसद्मा बजेट प्रस्तुत गर्न सकिने बताए ।

आगामी आर्थिक वर्षको बजेटले शिक्षा, कृषि, पूर्वाधार विकास, पर्यटनजस्ता क्षेत्रले प्राथमिकता दिएको उनले जानकारी दिए ।