काठमाडौं, २४ जेठ । एकीकृत नेकपा (माओवादी)का प्रवक्ता दीनानाथ शर्माले वर्तमान सरकारले एकलौटी रूपमा राज्य कोष दुरूपयोग गरेको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता साझेदार दललाई समेत विश्वासमा नलिई एकलौटी रूपमा राज्यकोषको दुरूपयोग गर्नु सर्वथा गलत भएको बताए ।
अन्तरिम संविधान, २०६३ अनुसार राज्यका हरेक काम कारबाही सहमतिको आधारमा अगाडि बढ्ने भए पनि सरकार आफूखुसी रूपमा अगाडि बढेको र विस्तृत शान्ति सम्झौता, विगतमा भएका सहमतिहरूको विरुद्ध गएका कारण आफूहरूले बाध्य भएर व्यवस्थापिका–संसद् अवरोध गर्नुपरेको जिकिर गरे ।













प्रतिक्रिया