काठमाडौं, २४ जेठ । एमाओवादी नेता पूर्वउपाध्यक्ष डा.बाबुराम भट्टराईले पार्टी फुटेको हल्ला अस्वीकार गरेका छन् ।
भट्टराईले सामाजिक सञ्जाल मार्फत फुटको हल्लालाई ‘पार्टी रुपान्तरण अभियान बिषयान्तर गर्ने छट्टु स्याल प्रवृत्ति’ भनेका छन् । उनले पार्टी बिसर्जन हुनबाट बचाउन र नयाँ शक्ति निर्माणका लागि आग्रह समेत गरेका छन् ।
आफ्नो ट्वीटर वालमा ट्वीट गर्दै उनले लेखेका छन् ‘फुटको हल्ला गरेर पार्टी रुपान्तरण अभियान विषयान्तर गर्ने छट्टु स्याल प्रबृत्तिबाट सतर्क बनौं । पार्टी बिसर्जनबाट बचाऔं, नयाँ शक्ति निर्माण गरौं ।’
संस्थापनको कार्यशैलीमा असन्तुष्ट बन्दै आएको भट्टराई पक्षले छुट्टै समिति बनाउँदै कार्यबिभाजन समेत गरेको प्रचार भएको थियो ।
यस्लाई गम्भिर रुपमा लिँदै किन र कहाँबाट यस्तो हल्ला फैलाईयो भन्ने बिषयमा भट्टराई पक्षले अनुसन्धान गरिरहेको बताईएको छ ।













प्रतिक्रिया