२९ आश्विन २०८३, बिहिबार

पर्सामा चट्याङबाट युवतीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lighting-stroke-chatyangपर्सा, २४ जेठ । पर्साको ठोरीमा चट्याङ लागेर एक युवतीको ज्यान गएको छ । ठोरी–१ रोजीनगरकी २० वर्षीया शर्मिला महतोको आज ज्यान गएको हो ।

घर नजिकै बकाइनोको रुखमा परेको चट्याङले लागेर शर्मिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर शर्मिलाका बुबा रामेश्वर महतो पनि केहीबेर बेहोस भएका थिए । अहिले उनको अवस्था सामान्य रहेको स्थानीयले बताएका छन् । चट्याङ लागेर रामेश्वरका दुई वटा गोरु पनि लडेर अचेत भएका थिए ।

चट्याङले शर्मिलाको टाउकोमा गम्भीर चोट लागेका कारण उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले बताएको छ ।

रोजीनगरका वृद्ध दम्पती धनबहादुर गुरुङ र माया गुरुङले आफ्नो सन्तान नभएका कारण चितवनको अयोध्यापुरी गाविस वडा नं ९ बाँदरझुलाको सुकुम्बासी बस्तीमा बस्दै आएका रामेश्वर महतोकी छोरी शर्मिलालाई धर्मपुत्रीका रुपमा पालेका थिए ।

धनबहादुर गुरुङको पहिले नै मृत्यु भइसकेको र ७२ वर्षीया माया गुरुङलाई आफन्तले पोखराबाट लिन आएपछि माया गुरुङले ठोरीको जायजेथा धर्मपुत्री शर्मिलालाई नै दिने निर्णय गर्नुभएको थियो ।

शर्मिला नेपाल राष्ट्रिय उच्च मावि दीपकनगर ठोरीमा कक्षा १२ मा अध्यनरत थिइन् ।