२९ आश्विन २०८३, बिहिबार

ओलीलाई भेट्न निवासमै पुगे प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli_prachanda

काठमाडौं, २४ जेठ । नेकपा एमाले संसदीय दलका नेता केपी ओलीसँग एकीकृत नेकपा माओबादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार विहान ओली निवास बालकोट पुगेर उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै समसामयिक राजनीतिका बारेमा छलफल गर्नुभएको छ ।

नेता ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीका अनुसार, नेता ओली र अध्यक्ष प्रचण्डबीच सरकार गठन हुँदा सत्ता साझेदार कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति, सरकार सञ्चालन, संसदको काम कार्वाही , संबिधान निर्माण र नेकपा एमालेको आसन्न महाधिवेशन लगायतका विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा नेता ओलीले अध्यक्ष प्रचण्डसँग वर्तमान अवस्थाप्रति असन्तुष्टि प्रकट गर्नुभएको थियो ।

नेता ओलीले सरकार गठन हुँदा कांग्रेससँग भएको सात बुँदे सहमति अनुसार काम नभएको पनि अध्यक्ष प्रचण्डसँग उल्लेख गर्नुभएको ओलीका स्वकीय सचिव भण्डारीले बताउनुभयो ।