२९ आश्विन २०८३, बिहिबार

दुई नक्कली प्रहरी पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau-final-police

जनकपुरधाम, २४ जेठ । नक्कली प्रहरी बनी सर्वसाधारणको मोटरसाइकल चेकजाँच गरी रकम उठाइरहेको दुई जनालाई शनिबार बिहान धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुर नगरपालिका वडा नं ९ बस्ने चन्दनकुमार झा र वडा नं १३ बस्ने सुमितकुमार झा रहेका छन् ।

झाद्वयले आफू प्रहरी हो भन्दै रामपुर–बहुअर्वा जाने बाटोमा रहेको रामपुर गाछीमा मोटरसाइकल चेकजाँच गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाइरहेका थिए ।

सर्वसाधारणकै सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । झाद्वयले सर्वसाधारणसँग करिब ३०० रुपैंया उठाएका थिए ।