२९ आश्विन २०८३, बिहिबार

सार्क सम्मेलनका लागि कुटनीतिज्ञले लेखे सार्क गीत (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saarc-logo

काठमाडौं, २४ फागुन । परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले सार्क सम्मेलनको क्रममा जनता जनताबीचको सम्बन्ध विस्तारका लागि यावत प्रयत्न गरिने बताउनुभएको छ ।

परराष्ट्र मन्त्रालयमा उहाँलाई भेट्न पुगेका गायक, संगीतकारहरुको टोलीसँग कुरा गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । टोलीले विभिन्न देश र सहयोगका क्षेत्रीय संगठनहरुको आफ्नै गीत भएजस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको पनि आफ्नै मौलिक गीत हुनुपर्ने कुरामा जोड दिएका थिए । यसका लागि नेपालस्थित भारतीय कुटनीतिज्ञ अभय कुमारले लेख्नुभएको र विभिन्न नेपाली कलाकारहरुले स्वर र संगीत दिनुभएको गीतलाई नेपालले औपचारिक रुपमा सार्क गीतको रुपमा यसै सम्मेलनमा प्रस्ताव गर्न आग्रह गरेका थिए ।

जवाफमा मन्त्री पाण्डेले आपूmले मंसिरमा काठमाडौंमा आयोजना गरिने सार्क सम्मेलनमा यस गीतलाई प्रस्तुत गर्न पहल गर्ने आश्वासन दिनुभयो । सार्क गीतको रुपमा नै यसलाई समेट्नका लागि सबै देशको स्वीकृति र सहमति आवश्यक हुने भएकोले यसतर्फ पनि सर्जकहरुसँग सहकार्य गर्न सकिने उहाँको धारणा थियो ।

सार्क गीतबारे जानकारी गराउँदै संगीतकार एवं गायक सपन घिमिरेले सार्कको उद्देश्य नै यो क्षेत्रका जनताबीच एकता र सहकार्यको विकास गर्नु भएकोले आफूहरुले सार्क क्षेत्रका जनताको तहमा सहभागिता बढाउन सार्क गीतको पहल थालेको जानकारी गराएका थिए । कार्यक्रममा परराष्ट्रमन्त्री पाण्डेलाई सार्क गीतको म्युजिक भिडियो पनि देखाइएको थियो । म्युजिक भिडियो चिलिज मल्टिमिडिया इन्टरनेशनलले तयार पारेको हो ।

एक अर्को प्रसंगमा मन्त्री पाण्डेले सार्क सम्मेलन यस पटक पोखरामा गर्न प्रयास गरेको तर अन्तर्राष्ट्रिय विमास्थलको अभावका कारण सफल नभएको बताउनुभयो । उहाँले २ वर्षपछि हुने विमिस्टेक सम्मेलन भने पोखरामा गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो ।

सार्क क्षेत्रका आठ देश नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तानको राष्ट्रिय भाषा प्रयोग भएको सार्क गीतले साथसाथै विकास र सम्बृद्धिमा अघि लम्कने भावना बोकेको छ ।

सार्क गीतको रचना कुटनीतिज्ञ अभय कुमारले गरेका हुन् भने यसको संगीतकार सपन घिमिरे हुन् । ड्रिम्स स्टुडियोले तयार पारेको सार्क गीतको संगीत संयोजन चाँद सिंहले गरेका छन् भने रोशन थपलिया, सपन घिमिरे, कला राई, मिना सिंह, सरला राई लगायतका गायक गायिकाले स्वर दिएका छन् । आगामी कार्तिकमा हुने १८ औं सार्क सम्मेलन नेपालले आयोजना गर्दैछ ।