तुलसीपुर (दाङ), २४ जेठ । सहरी विकास मन्त्री डा नारायण खड्काले संघीयताको मुद्दा जनमतसङ्ग्रहमा लगेर भए पनि टुंगो लगाउनुपर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन दाङले शनिबार गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री खड्काले भन्नुभयो, “संघीयताको विषयलाई जनमतसंग्रहमा लगेर भए पनि टुङ्गो लगाउनु पर्छ ।”
उहाँले पहिलो संविधानसभा सङ्घीयताका कारण असफल भएको बताउँदै सहमति र बहुमतले टुङ्ग्याउन नसके अन्तिम र सर्वमान्य विकल्प जनमतसंग्रह नै हो । संघीयताका बारेमा दलहरुको फरकफरक विचार आएका बताउँदै मन्त्री खड्काले व्यापक छलफल गरेर समाधान खोजिने उल्लेख गर्नुभयो ।
उहाँले जसरी भए पनि आगामी माघ ८ मा नयाँ संविधान जनताले पाउने दाबी गर्नुभयो ।














प्रतिक्रिया