१८ असार २०८३, बिहिबार

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला असार १२ गते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरूद्वको मुद्वाको फैसला आगामी असार १२ गते आउने भएको छ ।

सर्वोच्च अदालतले काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी मुद्दाको फैसला सुनाउने मिति तोकेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सकिएसँगै फैसला सुनाउने मिति तोकिएको हो ।

२०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा सापकोटा सूर्यमान दोङसहितका माओवादी कार्यकर्ताहरु यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गर्नु भएको थियो ।