२९ आश्विन २०८३, बिहिबार

पोखरा बसपार्कको व्यापार तनहुँ सर्‍यो, चार जोडी रंगेहात पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex1

दमौली, २३ जेठ । प्रहरीको विशेष सर्च अभियानअन्तर्गत शुक्रबार तनहुँको चार ठाउँका होटलमा छापा मारी, चार जोडीलाई नियन्त्रणमा लिइएको छ ।

विशेष सुराकीको आधारमा तनहुँको दमौली, डुम्रे, आँबुखैरेनी र खैरेनीटारका केही होटलमा छापा मारी फेला परेका ती जोडी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रेशमबहादुर श्रेष्ठले बताउनुभयो ।

होटलहरुमा हुने गरेका अनैतिक क्रियाकलाप र विकृति हटाउन सो अभियान थालिएको हो । पोखरास्थित बाग्लुङ बसपार्क वरपरका होटलमा प्रहरीले कडाइ गरेपछि त्यहाँबाट छिमेकी जिल्लामा यौनजन्य क्रियाकलाप बढ्दै गएको सूचनाको आधारमा छापा मार्दा ती जोडी फेला परेका हुन् ।