२८ आश्विन २०८३, बुधबार

चार सय गाईको बीमा, किसान आकर्षित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gai Palanइलाम, २३ जेठ । आफूले पालेका गाईको बीमा हुन थालेपछि इलामको उत्तरी सुलुबुङमा किसान गाईपालनतर्फ आकर्षित भएका छन् । बृहत्तर पशुपालन तथा कृषि सहकारी संस्था सुलुबुङले गाईको बीमा गरिदिन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।

संस्थामा आबद्ध ४०० किसानका एक हजार ३०० उन्नत जातका गाईमध्ये ४०० गाईको बीमा गरिएको संस्थाका अध्यक्ष नेत्रप्रसाद रिजालले बताए ।

संस्थाको बिमा कोषमा ११ लाख सञ्चित छ । बीमित गाईको मृत्यु भने बीमा रकम उपलब्ध गराइने छ । बीमा गरेको पहिलो वर्ष नै गाईको ६० प्रतिशत, दोस्रो वर्षमा ७० प्रतिशत र तेस्रो वर्षमा ८० प्रतिशत बीमा रकम दिइन्छ ।

एउटा गाई बराबर ५० हजार मूल्याङ्कन गरी त्यसको १० प्रतिशतमध्ये ५० प्रतिशत सम्बन्धित गाईपालकले र बाँकी बीमा कोष समितिले व्यहोरेर बिमा गर्ने गरिन्छ ।