काठमाडौं, २३ जेठ । राष्ट्रपति डा रामवरण यादवले सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल नायिका गरिमा पन्तलाई बधाई दिएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा डाक्दै राष्ट्रपतिले गरिमालाई बधाई दिएका हुन् ।
गरिमा अभिनित फिल्म ‘झोला’ ले सार्क फिल्म फेस्टिबलमा सर्वोत्कृष्ट उपाधि जितेको थियो । पत्रकारको टोली सहित राष्ट्रपति निवास पुगेकी गरिमालाई यादवले भने, ‘देशको नाम राखेकोमा बधाई छ । देशको लागि सबैले आ–आफ्नो क्षेत्रमा काम गर्ने हो ।’
जवाफमा अभिनेत्री पन्तले ‘मेरो लागि यो अवसर ठूलो हो । सक्दो राम्रो गर्नेछु ।’ भनिन् ।
एक सय बर्ष पुरानो सती प्रथाको विरुद्धको फिल्म ‘झोला’ मार्फत गरिमाले यो सफलता पाएकी हुन् ।














प्रतिक्रिया