१७ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीले मधेसी नेतालाई भने-‘प्लीज त्यसरी नरिसाउनुस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-koiralaकाठमाडौँ, ३० जेठ । प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिप्रति असहमति जनाउँदै आएका मधेसी जनअधिकार फोरम नेपालसहितका साना राजनीतिक दलका नेतालाई बोलाएर संविधान निर्माणमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

ती पाँच राजनीतिक दलका नेतालाई प्रधानमन्त्री कोइरालाले आफूहरु सङ्घीयताप्रति प्रतिबद्ध रहेकाले संविधान निर्माणलाई अगाडि बढाउने सन्दर्भमा सबैको हकअधिकारको सुनिश्चितता गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

सो अवसरमा मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टी नेपालका रामनरेश रायले प्रधानमन्त्रीसमक्ष १६ बुँदे सहमति संविधानको मूल मर्मको भावना विपरीत रहेकाले सच्याउन माग गर्नुभएको थियो ।

सङ्घीयतालाई थाती राख्ने प्रयत्न गरेर संविधान जारी गर्नेभन्दा सत्तासँग जोडेर १६ बुँदे सहमति ल्याइएको आफूहरुलाई आशङ्का भएकाबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको बैठकमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले बताउनुभयो ।

सो अवसरमा उहाँले १६ बुँदे सहमतिलाई सच्याएर सबै राजनीतिक दललाई सहमतिमा ल्याउने प्रयास नगरी निर्धारित कार्यसूचीअनुसार नै अघि बढाउन खोजिएमा आफूहरु त्यसको विरुद्धमा रहेको जानकारी समेत गराएको बताउनुभयो । रासस