१७ कार्तिक २०८३, मंगलबार

‘असारभित्र संविधान बन्छ, नयाँ राष्ट्रपति, नयाँ सरकार र नयाँ सभामुख पनि बन्छन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-nepal – नरेश केसी
धकधई, जेठ ३० । आगामी असार भित्रै नेपाली जनताले संविधान पाउने एमाले वरिष्ठ नेता माधव कुमार नेपालले जनाएका छन् ।

नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर १, क्षेत्रीय कमिटीले शनिवार धकधईमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहका नेपालले एमालेकै अग्रसरतामा १६ बूँदे ऐतिहासिक सम्झौता भएको बताउँदै आगामी असार मसान्त भित्र संविधान बन्ने बताए ।

नेता नेपालले भने ‘असार भित्र संविधान बन्छ, नयाँ राष्ट्रपति, नया सरकार, नयाँ सभामुख बन्छन् ।’ नेता नेपालले एमाले जनताको साथी भएको जनाउदैं अब छिट्टै स्थानिय निर्वाचन हुने हुँदा सबै योजनाबद्ध रुपमा पार्टीको काममा लाग्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए ।

राप्रपाका केन्द्रिय संगठन विभाग सदस्य ताहिर अलि, जिल्ला प्रवक्ता झिल्लु प्रसाद न्यौपाने, सरोज पाण्डे, मनोज यादव, जयप्रकाश यादव, विक्रम यादव लगायत १२ सय अन्य पार्टीका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै नेता नेपालले रुपन्देही एमालेको किल्ला बन्नेमा विश्वास व्यक्त गर्दै भने ‘रुपन्देही एमालेको किल्ला बनेपछि सिंगो मधेस लाल किल्ला बन्ने पक्का छ ।’

Bishnu-paudel

सो अवसरमा बोल्दै एमालेका उपमहासचिव विष्णु पौडेलले जनमुखी र अग्रगामी संविधान बन्ने सुनिश्चिता बढेको बताउँदै असार महिनाभित्रै संविधान बन्ने कार्यमा कसैले छेक्न नसक्ने बताए । पूर्वमन्त्री पौडेलले एमालेको काँधमा जिम्मेवारी आएको जनाउँदै सबै किसिमका संकटको सामना गर्दै सक्रियतापूर्वक संविधान जारी गर्ने कार्यमा एमाले लागिपर्ने पनि बताए ।