१ श्रावण २०८३, शुक्रबार

प्रतिपक्षीप्रति माओवादी सांसदको आक्रोश– सदन अवरोध गरेर बोल्ने अधिकार कुण्ठित गर्ने ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी सांसदहरुलाई मर्यादित बन्न चेतावनी दिनु भएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले प्रतिपक्षी दलका सांसदहरुले हुलहुज्जत गरेको, मर्यादा पालना नगरेको र अन्य सांसदहरुले बोल्न पाउने अधिकार खोसेको आरोप लगाउनुभएको हो ।

राप्रपाका सांसद ज्ञानेन्द्र शाही सदन चल्न नदिने बताएपछि सापकोटा आक्रोशित बन्नुभएको हो । ‘संसद चल्न नदिन र अराजकता प्रदर्शन गर्न जनताबाट निर्वाचित भएर आएको हो ? यो व्यवस्था गलत छ भने तपाईहरु संसदको पदबाट राजीनामा दिएर सडकमा जानुहोस । तपाईहरुलाई विद्रोह गर्ने अधिकार छ तर संसदमा होइन सडकमा जानुहोस,’ उहाँले आक्रोश व्यक्त गर्दै भन्नुभयो ।

‘म प्रतिपक्षका साथीहरुलाई धारा २१ को (ङ)बुदाँमा व्यवस्था भभएको बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधापार्ने मनसायले दुरुपयोग नगर्न अनुरोध गर्दछु । नियमापत्तिको कुरा छ भने नियमापत्ति गरेर आफ्नो कुरा सान्दर्भिक रुपमा राख्नुहोस । प्रमुख प्रतिपक्ष दलको संख्या बढी छ भन्दैमा ढ्याप ढ्याप गरेर हाम्रो स्वरहरुलाई कण्ठित गर्ने ?यही हो लोकतन्त्र, यही हो प्रमुख प्रतिपक्षीको भूमिका ?’, उहाँको आक्रोश थियो ।