९ श्रावण २०८३, शनिबार

देउवालाई बुझाइयो हिन्दू राष्ट्र मागसहितको प्रस्ताव

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा सनातन हिन्दू राष्ट्रको पक्षमा चलाइएको अभियानको हस्ताक्षरसहितको प्रस्ताव सभापति शेर बहादुर देउवालाई बुझाइएको छ ।

अभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारीले सभापति देउवालाई हस्ताक्षर बुझाउनु भएको हो । एक हजार ६३ जनाको हस्ताक्षरसहितको पुरक प्रस्ताव भन्डारीले देउवालाई बुझाउनुभएको हो ।

पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य डा.शशांक कोइराला, पूर्वसभामुख एवं पूर्वमहामन्त्री तारानाथ रानाभाट लगायतका नेताहरुले हस्ताक्षर अभियानमा साथ दिनुभएको थियो । कांग्रेसको केन्द्रीय समिति बैठकमा २२ जना केन्द्रीय सदस्यहरुले हिन्दू राष्ट्रका पक्षमा २०८० फागुन ४ गते लिखित प्रस्ताव गर्नुभएको थियो । भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान अन्तर्गत हस्ताक्षर संकलन गरिएको हो ।

नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दू राष्ट्रको माग गरेको भएपनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लेखिएको भन्दै भण्डारीले आपत्ति पनि जनाउनु भएको थियो । गौतम बुद्ध जस्ता महान व्यक्तित्व जन्मेको हिमालय मुलुक हरेक क्षेत्रमा कमजोर भइरहेको बताउँदै देशको स्वाधीनता र स्वाभिमान सँगसँगै लाने नेपाली कांग्रेस र सरकारले गम्भीर छलफल गर्नुपर्ने बेला भएको नेता भण्डारीको भनाइ छ ।

महासमिति वैठकको उदघाटन सत्रको शुभारम्भसँगै महासमिति सदस्यहरूले वैठकको सभाहल अगाडि ‘धर्मनिरपेक्ष राष्ट्र खारेज गरेर धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दूराष्ट्र नेपाल’ को पक्षमा हस्ताक्षर अभियान चलाएका थिए ।

Skip This