
काठमाडौं, ८ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मानवताविरुद्धको अपराधमा सजाय घटाउन नहुने बताउनुभएको छ ।
मंगलबार एमालेको केन्द्रीय कमिटीको बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले मानवताविरुद्धको अपराधको मुद्दामा सजाय घटाउन नहुने बताउनुभएको हो ।
स्वच्छचारी ढंगले मानवताविरुद्धको अपराधमा सजाय घटाउने कार्य भएको भन्दै उहाँले यसप्रति आपत्ति जनाउनुभयो । पीडितको पक्षमा आफूहरु रहेको भन्दै उहाँले पीडितलाई केन्द्रमा राखेर शान्तिप्रक्रिया टुंग्याउनुपर्ने धारणा राख्नुभयो ।
आफू प्रधानमन्त्री हुँदा शान्तिप्रक्रिया टुंग्याउन खोज्दा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेको उहाँको भनाइ छ ।















प्रतिक्रिया