१७ कार्तिक २०८३, मंगलबार

पीडितको राहत खोसेर धन थुपार्नेलाई शान्ति मिल्दैन: प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dolpa Society submits cash relief fund to the PM

काठमाडौं, २९ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितका नाममा प्राप्त सहयोग कुनै हालमा हिनामिना हुन नदिने बताउनुभएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्ने दाताहरुसँग कुरा गर्दै कोइरालाले पीडितको राहत खोसेर धन थुपार्नेलाई शान्ति नमिल्ने बताउनुभयो । ‘जो पीडामा छ उसैको भाग खासेर कसैले लिन्छ भने त्यसलाई कुनै हालतमा छोडिन्न । अनियमितताको जानकारी दिनस्, सरकारले कारवाही गर्छ ।’, उहाँले भन्नुभयो ।

यसैबीच भूकम्प प्रभावितहरुका लागि हिमाली डिल्ला डोल्पाका बासिन्दाहरुले ७ लाख रुपैँया सहयोग गरेका छन् । डोल्पा समाजका पदाधिकारीहरुले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगी रकम हस्तान्तरण गरेका हुन् । डोल्पालीहरुको सहयोग बुझ्दै प्रधानमन्त्री कोइरालाले वास्तविक पीडितसमक्ष सहयोग पु¥याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

डोल्पा समाजका अध्यक्ष लामा निमा रिन्पोछेले प्रधानमन्त्री कोइरालालाई सहयोग हस्तान्तरण गर्दै उच्च हिमाली जिल्लाका जनताले गरेको सहयोगको उच्च सम्मान गर्न आग्रह गर्नुभयो । ‘डोल्पा आफैमा विकट छ तर नेपाली दाजुभाईको यो पीडामा हामी डोल्पालीले थोरै भएपनि सहयोग गरेका छौं ।’, रिन्पोछेले भन्नुभयो ।

समाजले डोल्पाका लामाहरुबाट रकम संकलन गरेर प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको डोल्पाका सभासद् धनबहादुर बुढाले जानकारी दिनुभयो ।

समाजले माथिल्लो डोल्पाका गरीब तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा छात्रवृद्धि उपलब्ध गराउनका साथै पर्यटन विकास र गुम्बा निर्माणमा विशेष योगदान पु¥याउँदै आएको छ । यसैबीत मुलुकभरमा छरिएर रहेका पुन मगरहरुको साझा संस्था पुन समाज नेपालले राहत कोषमा जम्मा गर्न २० लाख रुपैयाँ शुक्रबार नै प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका छन् ।