बोगोटा, २९ जेठ । कोलोम्बियाको दक्षिणपश्चिमी तराई क्षेत्रको कउका क्षेत्रमा रेभोलुसन आम्र्ड फोर्सेस् अफ कोलोम्बिया (एफएआरसी) ले गरेको सशस्त्र आक्रमणमा तीन प्रहरीको ज्यान गएको छ ।
कोलोम्बिया प्रहरीका निर्देशक रोडोल्फो पालोमिनोले बिहीबार सो जानकारी दिनु भएको छ ।
एफएआरसीको एक समूहले प्रहरीसँग गरेको गोली हानाहानमा एक प्रहरीको घटनास्थलमै मृत्यु भएको अन्य दुईको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
कउकाको प्रान्तीय राजधानी सहर पोपायानदेखि १५ किलोमिटर टाढा टिम्बोओ महानगरपालिका नजिकै प्रहरीचौकीमा सो आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा















प्रतिक्रिया