
काठमाडौं, २२ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दैछ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ः३० बजे बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
आजदेखि सुरू हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो ।
सो बैठकमा संसदमा पार्टी कसरी प्रस्तुत हुने र विधेयकलगायत पार्टीको पोजिसनको विषयमा छलफल हुने जनाइएको छ ।








प्रतिक्रिया