२६ कार्तिक २०८३, बिहिबार

प्रेस चौतारी नेपाल २६ औं वर्षमा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २६ औं वर्षमा प्रवेश गरेको छ ।

विसं २०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । सोही दिनको स्मरणमा आज चौतारीले काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम गरी २६ औं स्थापना दिवस मनाउँदै छ ।

चौतारीले आज स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रममा ६ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

चौतारीले हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीलाई पुरस्कृत गर्ने भएको छ ।

यसैगरी, चौतारीले अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कारबाट सिन्धुपाञ्चोकका माधव नेपाल, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट रुकुमपूर्वका महेश केसी, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट रौतहटका फणिदेव महतलाई पुरस्कृत गर्ने भएको छ ।

चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट रामेछापकी यसिमा महत र सावित्रीदेवी–पद्‍मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट काभ्रेकी काजल तामाङलाई पुरस्कृत गर्ने चौतारीले जनाएको छ ।

वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिवल्लभ नेपाल सदस्य रहेको समितिले पुरस्कृत पत्रकारको नाम चयन गरेको हो ।

चौतारीले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा हृदयचन्द्र सिंह प्रधानसहित ६ वटा पुरस्कार प्रदान गर्दै आएको छ ।