७ असार २०८३, आइतबार

१० किलो गाँजासहित युवक पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १८ माघ । दश किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।

मकवानपुरको हेटौंडा नगरपालिका– ३ वस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालयजिबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जितपुर सिमरा उपमहानगरपालिका–७ मा निजलाई खानतलासी गर्दा उनले बोकेका दुई वटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको थियो ।