८ असार २०८३, सोमबार

चितवनको माडीमा सालनालसहित नवजात शिशुको शव फेला

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन,१७ माघ । चितवनको माडीमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ ।

माडी-७, गौरीनगरस्थित उपेन्द्र आचार्यको खेतमा रहेको सालको रुखमुनि मंगलबार बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेसंगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

गर्भमा ९ महिना रही जन्मेको जस्तो देखिने सो पुरुष शिशु फाल्नेको खोजी भइरहेको माडी प्रहरीको भनाई छ ।

मृत शिशुको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिनुभयो ।